मलेसियामा रिहाइरिङ्ग र घर फिर्ति कार्यक्रमको म्याद थपियो

everest kitchen

मलेसिया सरकारले बिदेशि कामदारको लागि ल्याएको रिहाइरिङ्ग र घर फिर्ति कार्यक्रमको म्याद यहि बर्षको अन्तिम अर्थात डिसेम्बर ३१ तारिख सम्मलाई थपेको छ ।
यहि जुन अन्तिमसम्म मात्र म्याद रहेको कार्यक्रम कोविडको कारणले प्रभावकारी हुन नसकेपछि मलेसियन सरकारले थपेको हो । यसमा नेपाल राजदुतावास लगायत अन्य श्रमिक श्रोत मुलुकका राजदुतावासहरुले पनि म्याद थप्न अनुरोध गरेको थियो ।
मलेसियामा बैधानिक कामदारहरु भन्दा अबैधानिक कामदारहरु धेरै रहेको रिपोर्ट छ । मलेसियामा सबैभन्दा बढि अबैधानिक इन्डोनेसियन र बंगाली रहेका छन् ।
मलेसियन सरकारको डाटा अनुसार झन्डै अढाई लाख अबैधानिकहरुले मलेसियामै भिषा लगाएर बस्नको लागि दर्ता गरेका छन् भने झन्डै १ लाख जना स्वदेश फर्कि सकेका र फर्कने प्रक्रियामा रहेका छन् ।
नेपाल राजदुतावासले समय समयमा सूचना जारी गरेर मलेसियामा रहेका अबैधानिक नेपालीहरु कि त बेधानिक हुने प्रक्रियामा जान नत्र भने घर फिर्ति कार्यक्रम अन्र्तगत नेपाल फर्कन अनुरोध गर्ने गरको छ ।