इन्सको भाषा तथा साहित्य समितिद्वारा भानु जयन्ती विशेष कार्यक्रम हुने

everest kitchen

काठमान्डू। अन्तर्राष्ट्रिय नेपाली समाज भाषा तथा साहित्य समितिले असार २६ र २७ गते भानु जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले आयोजना गर्ने भानु जयन्ती विशेष दुई दिने कार्यक्रमको पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहनेछ भने प्रा. डा. व्रतराज आचार्य प्रमुख वक्ताका रुपमा रहने समाजले जनाएको छ।

त्यस्तै, भानुभक्तका कृतिमा विद्यावारिधि गर्ने ज्ञानु अधिकारी तथा भानुभक्त आचार्यकी नातिनी प्रभा आचार्य भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार तथा कवि शरुभक्त रहनेछन् । यस सत्रमा गजल, कविता, मुक्तक तथा हाइकु रचना वाचन हुने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय नेपाली समाज भाषा तथा साहित्य समिति अध्यक्ष डा. जानुका पौडेलले जानकारी दिइन्।

कार्यक्रमको परिवेक्षण अन्तर्राष्ट्रिय नेपाली समाज तथा अन्तर्राष्ट्रियस्तरमा रहेका वुद्धिजीविहरुबाट हुने आयोजकले जनाएको छ।