एनआरएनए मलेसियाको सदस्य संख्या ५ हजार नाघ्यो, सदस्य शुल्क मात्र १ लाख ५७ हजार रिंगेट भन्दा बढि उठ्ने

everest kitchen

एनआरएन मलेसियाले अधिवेशनको लागि भनेर सदस्यता आह्वान गरेकोमा ५ हजार २ सय ५९ जना पञ्चिकृत सदस्य भएका छन् ।
यहि जुलाई २५ तारिखलाई अधिवेशन मिति तोकिएको एनआरएनए मलेसियाको कोषमा प्रति सदस्य आरएम ३० को दरले सदस्य शुल्क उठ्दा १ लाख ५७ हजार ७ सय ६० रिंगेट उठ्ने भएको छ ।
एनआरएन मलेसियाको लागि सदस्यता फारम भरेकाहरुले यहि जुलाई ९ तारिख भित्रमा आफ्नो सदस्यता शुल्क बुझाउन पनि एनआरएन मलेसियाले आह्वान गर्दै विज्ञप्ति जारी गरेको छ ।
यो सदस्य संख्या एनआरएन मलेसियाको इतिहासमा सबैभन्दा बढि हो । यस भन्दा अगाडी ३ हजारको हाराहारीमा सदस्य संख्या रहेका थिए ।
अघिल्लो पटक प्रति सदस्य ५० रिंगेटको दरले सदस्य शुल्क रहेकोमा यस पटक भने आरएम ३० मा घटाइएको छ ।