विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

everest kitchen

 

काठमाडौं। सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । विभिन्न मुद्दामा थुनामा रहेका उनीहरुलाई रिहाइ गर्न अदालतले आदेश धिएको हो।

आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो ।
आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन् ।

विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो । उक्त समुहका नेता हेमन्त प्रकाश ओली लगायतका नेताहरु भने अझै छुट्न सकेका छैनन्।