सुजिता मृत्यु प्रकरण: चितवनको राप्तीमा कर्फ्यू जारि

everest kitchen

सविन कुमार लोप्चन

चितवन। सुजिता भण्डारीको मृत्यु प्रकरणलाई लिएर स्थानियहरुले विरोध चर्किदै जादा स्थिति नियन्त्रण गर्न चितवनको राप्ती नगरपालिका २ र ३ मा कर्फ्यु आदेश जारि गरिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि अनिस्चित्कालिन कर्फयु आदेश जारी गरिएको हो।

प्रहरीले एक सुचना जारी गर्दै मंगलबार साझ ७:३० बजेदेखि बुधबार साझ ७:३० बजेसम्मको लामो दुरीको सवारीसाधन बाहेकलाई हिड्डुल गर्न रोक लगाएको छ । पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका -१ लोथरपुल देखि राप्ती नगरपालिका-४ डढुवा सम्मको राजमार्गमा दायाँबायाँ ५०० मिटर भित्र कर्फ्यु आदेश जारी गरिएको छ ।

सुजाताको पोस्टमार्टम तिचिङ्ग अस्पताल महाराजगंज काठमाडौंमा गरिएको र आंशिक रिपोर्टमा विष सेवन नगरेको, जबर्जस्ति करनी नगरिएको रिपोर्ट आएको भन्दै स्थानीयले असहमति जनाएका छन्।

सुजाताको मृत्यु प्रकरणलाई लिएर आफन्त तथा स्थानियहरुले पश्चिम राजमार्ग अवरोध गर्दै आएका थिए। हराएकी यत्रो दिन हुँदासम्म प्रहरीले केही अनुसन्धान अगाडि नबढाएको र यस्तै रहे अनुसन्धान नभई अपराधी छुट्ने भन्दै सुजिताको न्यायको लागि जन लहर सडकमा उत्रिएको बिरोध कर्ताहरुले बताएका छन्।

असार ११ गते देखि हराइरहेकी सुजिताको शव असार २० गते नजिकैको ब्रम्हस्थानी सामुदायिक वनमा सडे गलेको अवस्थामा भेटिएको थियो। उनको साथमा केही रकम, च्यात्तिएको झोला र पतेेरामा हाल्ने बिष भेटिएको प्रहरीले जनाएको छ।