सबै हवाई उडान खुल्ला, अब मलेसिया पनि नियमित उडान हुने

everest kitchen

काठमाडौँ — नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।
अब नेपालका सबै हवाई उडानहरु सामान्य झैं नियमित उडान हुने छन् ।
कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै ‘संक्रमणको साङ्लो चुडाउन’ उडान बन्द गर्नुपर्ने निर्णय लिएको बताएका थिए । त्यसयता किस्ता किस्तामा शर्तसहित गन्तव्य तोकेर अन्तर्राष्ट्रिय उडान खुला गरिँदै ल्याइएको थियो ।
यस निर्णयले मलेसिया लगायत खाडी मुलुकमा कार्यरत नेपालीहरु पनि घर फर्कनको लागि सहज हुने भएको छ ।
जुलाई महिनामा केहि संख्यामा मात्र हवाई उडान खुलेकोले धेरै भन्दा धेरै नेपालीहरु नेपाल फर्कन सास्ती भईरहेको अवस्थामा यस निर्णयले अब सहज हुने मलेसियामा कार्यरत नेपालहिरु बताउछन् ।