नेपालमा संक्रमण दर बढ्यो, गत २४ घण्टामा २ हजार ९७९ मा संक्रमण पुष्टि

everest kitchen

 

काठमाडौं । नेपालमा फेरी संक्रमण दर बढणन थालेको छ । गएको ३ दिनदेखि संक्रमण दर उच्च देखिएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। साथै पछिल्लो २४ घन्टामा १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै गत २४ घण्टामा २८ जनाको निधन भएको मन्त्रालयले जानकारी दिएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७ सय ५६ छ।