लघुकथा – सौता
मिना श्रेष्ठ सबि
उर्मिला सानैमा टुहुरी भएकि केटि हुन् । अलिकति ठुली हुन थालेपछि अरुको मेलापात गरेर आमा र दिदीलाई सहयोग पुर्याउदै आइरहेकी थिईन्।
उनको एक जना युवकसँग हिमचिम बढ्दै गयो। माया बस्यो। युवकले आखिर बिहे गर्नु छदैछ बरु बेलैमा गरौँ । भोलि मेरा आमाबाबाले अन्तै गरिदिए पछुतो बाहेक केही हुदैन भनेर फकायो। केटाको कुरामा आएर उनले विवाह गरिन् । जिन्दगी जसोतसो चल्दै थियो केही वर्षको अन्तरालमा दुई सन्तानको आमा पनि भइन्। अब झन् दुखका दिन थपिदै गए भने राम्रो हेरचाह नहुँदा अनुहार पनि बिग्रीन पुग्यो। अब श्रीमानको व्यवहार पहिला जस्तोपनि थिएन।
दिनहरू बितिरहेका थिए, एक्कासी गाउँमा हल्ला सुनिन् । तेजले केटी भगाउँदैछ रे!, उनी छक्क परिन् । हल्ला चलेपनि पत्यार भने लागेको थिएन तर श्रीमानले अर्कि भगाइ छाडे ।
आज उनलाई बुढी आमा र लाटी दिदी छाडेर सानै उमेरमा बिहे गरेकोमा निकै पछुतो लागेको छ ।