१० लाख डोज खोप ल्याउन निगमको जहाज चीन जाने

everest kitchen

काठमाडौं । कोभिड-१९ विरुद्धको १० लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । दिउँसो साढे २ बजे उड्ने जहाज राती ११ बजे बेइजिङमा अवतरण गर्नेछ ।

नेपालले चिनियाँ खोप भेरोसेल उत्पादक कम्पनी साइनोफार्मसँग ४० लाख डोज खोप ल्याउन लागेको हो । यसपटक भने १० लाख डोज परिमाणको भेरोसेल खोप ल्याएर जहाज भोलि दिउँसो काठमाडौं आइपुग्ने भएको छ ।

‘शुक्रबार १० लाख डोज ल्याएपछि तालिकाअनुसार हप्तैपिच्छे खोप ल्याउने कार्यक्रम रहेको बताएको छ ।उक्त खोप ५५ वर्षमाथिका नागरिकलाई लगाइने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।