फेसबुकबाट चिनजान थरेर महिलालाई कम्बोडिया पुर्‍याएर बेचियो

everest kitchen

काठमाडौं । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मणिपुर पुर्‍याएका थिए । त्यसपछि पैदलै म्यानमारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।रासस