थप १ हजार ८७५ जनामा कोभिड संक्रमण पुष्टि

everest kitchen

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार पाँच सय ४ जनामा कोरोना परिक्षणमा उक्त सङ्ख्या पुष्टि देखियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । योसँगै मुत्यु हुनेको संख्या ९ हजार तीन सय २० पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौं उपत्यकाभित्र ४२७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा २८७,भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना छन् । गएको केहीदिन भन्दा संक्रमितको सङ्ख्या आज कमी हो ।