लघुकथा – भाँजी
श्री दुलुमणि उपाध्याय
आज आरधनाको कसार बटार्ने दिन। गाउँ-घर, ईष्ट – मित्र सबैभेला भएर कसार बटार्ने तर्खरमा थिए। एक्कासी आरधनाको बाबा मेरी आमालाई खोज्दै आउँनुभयो, “दिदी,दिदी, खै दिदी एकैछिन एता आएस् त”,भन्दै आमालाई बोलाएर लैजानु भयो।
मामा (आरधना को बाबा) को अनुहार कालो भएको देखेर म पनि अलिक अन्योलमा परे, नजानिँदो पाराले जुरुक्क उठेर आमा र मामाको पछि लागेँ। दुवै अलिपर हामी दुई घरको भित्रि बाटोमा उभिएर कुरा गर्न थाले। आरधना का बाबाले भन्नुभयो “भरखरै बेहुला पक्षको फोन आएको थियो बेहुला भोली नआउने रे! कसैले हाम्रिआरधना लाई ‘सातौ मङ्गल’ परेको छ भनेर भनिदिएका रहेछन्। अव के हुन्छ? म आरधना र उसकि आमालाई के भन्नु, ? यी निम्तालु हरुलाई के भन्नु,?
दिदी मेरो आमा भनेपनि बाबा भनेपनि तँ नै होस् मलाई बँचा दिदी मेरो इज्जत के हुनेभयो” ? भन्दै रुन थाले।मत डरले थरथर काम्न थाले।तर आमाले बडो हिम्मतले परिस्थिति सम्हाल्दै भन्नुभयो, “भाइ बिपदमा धैर्य गर्नु हाम्रो लागि अनिवार्य छ,र तँ शान्त हो । त्यहाँ कसैलाई नभन एकैछिन पर्खि म केही गर्न सक्छु कि”,भन्दैआफ्नो घरतिर लाग्नु भयो।
आज भन्दा बिस-बाईस बर्ष अघि हिजो-आज जस्तो हात-हातै मोबाइल कहाँ थिए रत। त्यसैले घर गएर ‘लेन लाईन’ फोनमा मेरा काकालाई फोन गर्नु भयो। मेरो काका सहरमा आफ्नो पसल खोलेर बस्नु भएको थियो। वहाँकै पसलको कर्मि रघुलाई लिएर आउनु भन्दै पल्लो घरको सम्पुर्ण घटना काकालाई बिस्तार लगाउँदै भन्नुभयो। आमाको हरकुरा काकाले मान्नुहुन्थ्यो र यो पनि मान्नु भयो।
बिचरा टुहूरो रघुका दिन खुले।आमा बाबु नभएको रघु पढाइमा पनि बुद्धिमान थियो। सानैबाट मेरो काका सँगै बसेर धेरै जान्ने भएको छ, देख्नपनि राम्रो थियो।
भोलिपल्ट त्यहिँ लग्नमा रघु र आरधना को ‘विवाह’सम्पन्न भयो।घर-गाउँले हरु बेहुलो साट्टिएको देखेर छक्कै परे। बिस्तारै सबैलाई थाहा भयो। यसरीनै आजसम्म,रघु र आरधनाको दुई सन्तानको साथमा सुःख को संसार चलिरहेको छ।भाँजी हाल्नेहरुलाई कस्तो भएको होला आज ? (ओदालगढी,असम, भारत)