थप १ हजार ४७९ जनामा कोभिड संक्रमण पुष्टि, २० को निधन

everest kitchen

 

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६ हजार ६५७ पीसीआर र ४ हजार ६५६ मा एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्या पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै मुत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा २६ हजार ५९० जनामा अझै कोभिड-१९ संक्रमण सक्रिय रहेको छ । जसमध्ये अधिकांश बिरामीहरु सरहोम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।