नेकपा एमालेका युवा नेता साह राहत बाड्न बस्ती-बस्तीमा

everest kitchen

वीरगंज । नेकपा एमालेका युवा नेताहरुले आज पर्साको पकाहामैनपुर गाँउपालिकामा बाढी पिडित परिवारलाई राहत बितरण गरेका छन । युवा नेता अकलेश साहको पहलमा अबिरल बर्षा संगै आएको बाढीले पिडित बनेका वडा नम्बर ४ लहावरथकरीका स्थानियलाई खाद्यन्न बितरण गरिएको हो ।

नेता साहले पिडित परिवारलाई गाँउपालिकाले सहयोग नगरेको र पिडितको दैनिकि चलाउन समस्या परेकोले ५०अति पिडित परिवारलाई राहत बितरण गरेको जानकारी दिए । साहले तत्कालको लागि जनही परिवार एक बोरा चामलको दरले राहत बितरण गरिएको जानकारी दिदै पछि पुनः सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साहले बाढी पिडितबाट प्रभाबित भएका पर्साका जुनसुकै ठाँउको भए पनि राहत सामग्री सहयोग गर्ने जानकारी दिए ।

ओविसी पर्साका अध्यक्ष समेत रहेको नेता साहले गाऊँपालिका अध्यक्ष बिजय कुमार चौरसिया बिपतको बेला पनि भोटको राजनिति गरेको भन्दै बिरोध गरेका थिए । त्यसैगरी अर्का युवा नेता राजेश सहनीले गाँउपालिका प्रमुख चौरसियाले भोटको राजनीति गरी आफ्नो आसेपासेलाई घरमा बोलाई कूपन दिई राहत बितरण गरेकोले गरीब बिपन्न परिवार राहत पाउन नसकेको आरोप लगाए ।

कार्यक्रममा समाजसेवी भगवानलाल दास, नेकपा एमालेका युवा नेता प्रमोद पटेल, कृष्णा कुशवाहा , , नबिन रजक , नीरज पटेल , चन्दन पटेल लगायतको उपस्थिति रहेको थियो ।