विद्यार्थी संगठनहरुद्धारा शंख फुकेर प्रदर्शन

everest kitchen

काठमाडौँ । बिपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले सरकारको क्रियाकलाप असंवैधानिक भएको भन्दै काठमाडौंका शंख फुकेर विरोध प्रर्दशन गरेका हुन् ।

प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले आन्दोलन गरेका हुन् । असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

कार्यक्रममा बिद्यार्थी नेताहरुले सरकारले गरेको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । प्रदर्शनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाएका थिए ।