नेता नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै

everest kitchen

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएका छन्। सर्वोच्चले संसद पुनःस्थापना तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएपछि नेताहरूको बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले आज प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुट्न लागेका छन्।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। त्यस्तैर सात दिनभित्र संसद बैठक बोलाउन समेत आदेशमा भनिएको छ ।