२४ घण्टामा थपिए २ हजार ३७० संक्रमित, १८ जनाको निधन

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसहित मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८९ जना र एन्टिजेन विधिबाट ३ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको थियो ।