सत्तापक्ष र बिपक्षी गठबन्धनका बिद्यार्थी कार्यकर्ताहरु आमनेसामने! (भिडियोसहित)

everest kitchen

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेका भातृ संगठनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र सर्बोच्चप्रति नै बिरोधमा उत्रिएका छन्।

सर्वोच्चको फैसलाविरूद्ध एमालेको युवा संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियुले काठमाडौंको माइतीघर मण्डलमा गरेको विरोध सभा आयोजना गर्दै फैसलाको बिरुद्धामा नारा बाजी गरेर बिरोध जनाएका छन्। उक्त सभाको नेत्रीत्व गरेका एमाले नेता महेश बस्नेतले उक्त कार्यक्रममा बोल्दै उनले न्यायालयभित्र बसेर प्रधानन्यायाधीश राणाले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुला राजनीतिका लागि मैदान आउन चुनौती दिएका छन्।

नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउँदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाए। “उनले भने,  ‘आज सर्वोच्च अदालतले फैसला गर्‍यो रे, नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन। नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउँदैन। सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो?’

बिरोध कार्यक्रम सकिएपनि साँझ अबेरसम्म उक्त स्थान नछोडेका एमाले कार्यकर्ताले नेपाल बिद्यार्थी संघले आयोजना गरेको दिप प्रज्वल कार्यक्रममा अबरोध गर्ने गरि नेबि संघ मुर्दाबाद, सर्बोच्च अदालत मुर्दाबाद भन्दै नारा जुलुस गर्न थालेपछि उनीहरुलाई प्रहरीले त्यहाबाट हटाएको थियो।

एमाले कार्यकर्ताले माइतीघर मण्डला छाडेपछि नेबि संघका कार्यकर्ताले दिप बालेर फैसलाको पक्षमा खुसियाली मनाएका थिए। त्यस्तै, बिपक्षी गठबन्धनका केही संगठनले पनि प्रदशनी मार्गमा एक कार्यक्रममको आयोजना गरि खुसियाली मनाएका छन ।