फैसलाले लामो समय देशमा असर गर्छ, दालतले संविधान संशोधन गर्यो: प्रधानमन्त्री ओली

everest kitchen

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लामो समय देशमा असर रहने समेत बताए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गरे । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबी गरे ।

मंगलबार राष्ट्रका नाममा बिदाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको र यसको समीक्षा भविष्यले गर्ने बताएका छन् ।अदालतको फैसलालाई आफूले पालना गर्ने स्पष्ट पारेका छन्। ओलीले सर्वोच्चको फैसलाले लोकतन्त्रको भावको विजयलाई अर्थहिन बनाएको दाबी गरेका छन्।

सरकारलाई हटाउनु पर्ने कारण कुनै नभएको बताउदै, देश र जनताको लागि कम गरेको, बिकाश निर्माणको काम गरेकै कारण जनादेश बाट बनेको सरकारलाई परमादेश बाट हटाईएको उनले जिकिर गरे।