मलाई अनुहार हैन काम चाहिन्छ : अर्थमन्त्री शर्मा

everest kitchen

काठमाडौं । बुधबार बिहान नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीबाट पदभार ग्रहण गर्दै अर्थमन्त्रालयमा आफुले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।

पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै “भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा चाहिन्छ, केवल मलाई काम चाहिन्छ ।’ यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनको भनाइ रहेको छ ।

आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको शर्माले बताए ।