मकवानपुरमा प्रहरीद्वारा कन्टेनर र ट्रकसहित २०८ किलो गाँजा नियन्त्रणमा

everest kitchen

मकवानपुर। मकवानपुरमा प्रहरीले २०८ किलो गाँजा बरामद गरेको छ। मकवानपुर प्रहरीले हेटौडाका दुई अलग स्थानबाट कन्टेनर र एउटा भारतीय ट्रकसहित उक्त परिणामको गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बुधबार विशेष सूचनाको आधारमा हेटौडा-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम लोकमार्ग सडक खण्डमा बारा जाँदै गरेको बिआर०१जीजी ९४९५ नम्बरको भारतीय नम्बरको ट्रक रोकेर चेकजाँचको क्रममा ट्रकबाट १६९ किलो गाँजा बरामद गरिएको छ।

ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी जनाएको छ।

त्यस्तै, हेटौडा-१९ नेवारपानीस्थित पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डबाट ४० किलो लागुऔषध गाँजा सहित कन्टेनरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ना६ख ३७४१ नं. को कन्टेनरबाट ४० किलो गाँजासहित सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका- ४ का १९ वर्षीय दीपक गुरुङलाई नियन्त्रणमा लिइएको बताएको छ।

पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार थुनामा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरीले पछिल्लोपटक मकवानपुरमा लगातार गाँजा बरामद गर्दै आएको छ।