खुमलटारमा प्रचण्ड र नेकपा विप्लवबीच भेटवार्ता

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन्।

भेटमा सहभागी विप्लव समूहका नेता बास्तोलाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । विप्लवले विरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई समेत भेटेर स्वास्थ्य अवस्था बुझेका थिए ।

प्रचण्डले माओवादी सशस्त्र विद्रोहको नेतृत्व गर्दा विप्लव त्यही पार्टीमा थिए । वृहत शान्ति सम्झौतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि पनि केही समय एउटै पार्टीमा रहेका विप्लप मोहन वैद्यले पार्टी फुटायेपछी उनीतिर लागेका थिए। उनले २०७१ मा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएर बिद्रोह पूर्ण गतिबिधि गर्न थालेपछि भूमिगत रहदै आएका थिए ।