थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

everest kitchen

काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घन्टामा थप १ हजार ७५७ जना निको भएका छन्। योसंगै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ। यस्तै, देशभर यो अबधिमा ३३ जनाको मृत्यु भएको छ । मृतकको संख्या ९ हजार ४६३ पुगेको छ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।