मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन: आले

everest kitchen

काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट परेका छन्। एमाले नेता समेत रहेका आलेबारे केहि संचारमाध्याममा समाचार आएपछि उनले त्यस्तो नागेको बताएका हुन् ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने बताएका छन् । उनले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भने, “मैले शेरबहादुर देउवालाई भेटेको छैन, भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अफवाह नफैलाऔँ ।

पूर्वमन्त्री तथा एमाले नेता आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइ रहेका उनले एमाले एक हुनुपर्नेमा समेत जोड दिए ।