मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटना

everest kitchen

एजेन्सी। शनिबार दिउँसो भारतको मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटना भएको छ। मध्यप्रदेशको सागर जिल्लास्थित धानामा रहेको चिम्स एभिएसन एकेडेमीमा जहाज दुर्घटना भएको हो।

प्रशिक्षक र प्रक्षिक्षार्थी रहेको उक्त जहाजमा दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । जहाज उडाउने क्रममा धावनमार्ग छाडेर झाडीतिर पसेको भारतीय संचारमाध्यमले जनाएको छ।

त्यस्तै,शुक्रबार मात्रै महाराष्ट्रमा प्रशिक्षण लिने जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त जहाज दुर्घटनाको कारण बारे अहिलेसम्म खुलिसकेको छैन।