बल्ल दिए मोदीले प्रधानमन्त्री देउवालाई बधाई

everest kitchen

काठमाडौं। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिए लगत्तै सामाजिक सञ्जाल ट्वीटर मार्फत मोदीले बधाई दिएका हुन् ।

मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।’

यसअघि नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले देउवालाई भेटेर बधाई दिएका थिए। यद्यपि मोदीले बधाई दिन ढिलो गरेको बिषयलाई धेरैले विभिन्न नजरबाट हेरिएको थियो। साथै, मोदीले प्रधानमन्त्री देउबालाई फोन गरेर समेत बधाई दिएको बताएको छ।