एनआरएन मलेसियाको निर्वाचन समिति बिघटन, अन्यौलमा अधिबेशन

everest kitchen

एनआरएन मलेसियाको आउदो अधिवेशन यहि जुलाई २५ लाई लक्षित गरि गठन गरिएको निर्वाचन समिति भंग भएको छ ।
आज एक सूचना एनआरएन मलेसियाको आधिकारिक फेसबुक पेजबाट प्रेषित गर्दै निर्वाचन समिति भंग गरिएको जानकारी दिइएको हो ।
यससँगै यहि जुलाई २५ मा हुने भनिएको एनआरएन मलेसियाको अधिवेशन पनि संकटमा परेको छ ।
एनआरएनए मलेसियाको आगामि कार्य कार्य समितिको लागि बिभिन्न पदमा ३४ जना उम्मेदवारहरुले उम्मेदवारी दिईसकेको अवस्थामा अब उम्मेदवारहरुको भविष्य पनि अन्यौलमा परेको छ ।
अचानक रुपमा निर्वाचन समिति भंग गरिएको सूचना आएपनि यसको बिभिन्न कारण रहेको बताइएको छ ।
निर्वाचन समिति भंग भएको सूचना आएपछि निर्वाचन समिति मध्यका एक सदस्यलाई यसको कारणको बिषयमा सोधपुछ गर्दा उनले अहिले आफूलाई पनि खासै जानकारी नआएको र केहि समयपछि औपचारिक जानकारी थाहा हुने बताए ।
त्यस्तै बिघटन भईसकेको एनआरएनए मलेसियाका कार्यसमिति पदाधिकारीहरुलाई सोधपुछ गर्दा गुटगत कारणले एक अर्कालाई स्वीकार गर्न नसक्दा यस्तो भएको जानकारी गराइयो ।
‘जसरी हुन्छ जित्नैपर्ने, आफ्नो मान्छे मात्र हाल्न खोजेर पनि हुन्छ ?’ एक पदाधिकारीले नाम नबताउने सर्तमा बताए ।
त्यसैगरि बिघटित समितिका महासचिव हेमराज सापकोटाको फेसबुक पेजलाई आधार मान्ने हो भने पनि एनआरएनए मलेसियामा सहमति र समझदारीमा अगाडी नबढी मौकाको फाइदा उठाएर स्वार्थ लुट्न खोज्नेहरुले बखेडा निकाल्न खोजको थाहा हुन्छ ।