माडीमा वन्यजन्तुको आक्रमणबाट एक जनाको मृत्यु

everest kitchen

 

चितवन । माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उहाँको शव फेला परेको हो ।

बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ ।