अपांग परिवारलाई हेल्प मधेशी मलेसिया जाेहर दलानद्वारा आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । अपांग परिवारलाई हेल्प मधेशी मलेसिया जाेहर दलानद्वारा आर्थिक सहयोग गरेको छ । बुधबार सप्तकोसी नगरपालिका वाडा नं.१ को फतेपुर टोलका उर्मिला कुमारी चाैधरीको परिवारलाई संस्थाले २० हजार रुपैया आर्थिक सहयोग गरिएको छ।

उर्मिलाका पतिको केहीदिन अघि कोभिड-१९ संक्रमणको कारण निधन भएपछि अपांग उर्मिलाको आर्थिक तथा शारीरिक अवस्था बारे जानकारी पाएपछि संस्थाले थोरै भएपनि सहयोग गरेको जनाएको छ ।

हेल्प मधेशी नेपाल सप्तरी का अध्यक्ष श्रीमती रिना झा, समाजसेवी श्रीमती पुनम यादव, विपी काेईराला, पत्रकार शुमन राय माझी र प्रमोद शर्मा ज्यु स्व. चाैधरी काे घरमै पुगि उहाँका श्रीमती लाई सहयोग रकम हस्तान्तरण गरिएको बताएको छ ।