अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

everest kitchen

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पटक-पटक गरी पीडित सँग ७४ लाख रकम असुलेकोआरोपमा उनीहरू पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका ४ हरिहरपुर घरभइ पोखरा बस्‍दै आएका विकास भनिने २४ वर्षीय बिनोद भुसाल, पोखरा महानगरपालिका २ मिरुवाका ३१ वर्षीय पुरकार गुरुङ र पोखरा महानगरपालिका १२ का ३० वर्षीय प्रकाश गुरुङ रहेका छ्न् ।

पक्राउ परेका उनीहरुलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको बताएको छ । यसअघि पनि उनीहरूलाई अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी रु २५ लाख रुपैया ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।