सात वर्षदेखि मलेसियाको भुतघरमा जीवन बिताउदै आएका परशुराम स्वदेश फर्किए

everest kitchen

मलेसिया । सात बर्षदेखि मलेसिया मै हराईरहेका नवलपरासीका परशुराम बराई नेपाल फर्किएका छन् । बरई जुलाई २४ तारीख हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्किएका हुन ।

परशुराम लामो समयदेखि मलेसियाको सेलाङ्गर, केसुमा स्थित मानिसहरुले छोडेकाे पुराना घरहरु र जंगलमा बेवारिसे अवस्थामा बस्दै आएको पीएनसीसी मलेसियाको स्वयंसेवक, समाजसेवी तथा ब्यवसायी पुर्ण लिम्बूले जानकारी पाएपछि उद्धार पहल सुरु भएको थियो । १३ अप्रिल २०२१ का दिन पुर्ण लिम्बू , ब्यवसायी प्रकाश खतिवडा र हिलामटाइम्सका ईश्वर राईको उद्धार टोलीले उद्धार गरि नेपाली दुतावास, मलेसिया क्वालालम्पुर लगेका थिए ।

परशुरामलाई दुतावासको आग्रहमा पीएनसीसी र गोर्खा सोसाइटीद्वारा संचालित सेल्टर हाउस रावाङमा पुर्ण लिम्बूको जिम्मेवारीमा नेपाल पठाउने प्रक्रिया पूरा नभए सम्म राखिएको थियो । मानसिकरुपमा अस्वस्थ अवस्थामा रहेका उनी मानिसहरुसंग बस्न नरुचाउने, खान नरुचाउने र बोल्दै गर्दा घरी घरी अपत्यारीलो कुराहरु गर्ने गर्दथे ।

मानसिक अवस्थामा अस्वस्थ रहेका उनी मौका पाउना साथ मानिसहरु रहेको ठाउबाट एकान्त ठाउँ तिर हराउने गरेको थियो । पूर्ण लिम्बुका अनुसार परशुराम रावाङको सेल्टर हाउसबाट पनि पटकपटक भागेकासमेत थिए । भागे पछि खोजी गर्दा कहिले केही घण्टा त कहिले केहिदिनमा भेटेको स्मरण गर्दै परशुरामको नेपालको लागि उडान भएपछि गह्रौं भारी बिसाएको जस्तो हल्का भएको पुर्ण लिम्बुले बताए ।

परशुराम मलेसियाको सेलांगर राज्यमा पर्ने केसुमाको एलबि आल्मुनियम कम्पनीमा सात बर्ष पहिले आएका थिए । आएको छ महिना पछि कम्पनीमा झगडा भएर कम्पनी छोडेको बरईले बताएका छन । उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन । भने आमा कान्छा भाई संग र बुवा स्वर्गवास भईसको छ ।

उनी मलेसियामा आउनु पुर्व गाउँ घरमै घर रंगाउने काम ठेक्का पट्टा गरि मनग्ये आय आर्जन गर्ने गरेको साथै निकै रमाईलो गर्ने, गाउने नाच्ने र सबैलाई सहयोग गर्ने परशुराम उद्धार भावका रहेको उनका कान्छा भाई संजय बरईले हिमाल टाईम्ससंग बताए । संजय पनि एक बर्ष पहिले दाईलाई खोज्ने उद्देश्य सहित मलेसिया आएका थिए ।

परशुरामलाई नेपाल पठाउनको लागि आवश्यक प्रक्रिया अघि बढेपनि दोस्रो लहरको कोरोना संक्रामण बढेसंगै अध्यागमन बन्द हुदा पनि दुताबासको पहलमा मे ४ तारीख फिंगर प्रिनको भएको थियो । यद्यपि मे ७ तारीख बाट अन्तराष्ट्रियउडान बन्द भएपछि मलेसिया मै रोकिएका परशुराम लामो समयपछि नेपाली दुतावास मलेसिया, पीएनसीसीको बिशेष पहलमा र एनआरएनएको टिकट सहयोगमा हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्किसकेका छन ।

परशुरामलाई नेपालमा पनि पीएनसीसीको सेल्टर हाउस मै क्वारेन्टाइन राखी घर परिवारलाई जिम्मा लगाईने पीएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताए । साथै परशुरामको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै यस कार्यबाट आत्मा सन्तुष्टि मिलेको चापागाईंले बताए ।