हेल्प मधेशी मलेसियाद्वारा उपचार गर्न नसकेर ज्यान गुमाएका लोहारको परिवारलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका-८ का कैलाश शर्मा (लोहार) को परिवारलाई हेल्प मधेशी मलेसियाले आर्थिक सहयोग गरेको छ । उपचार गर्न नसकेर ज्यान गुमाएका लोहारको परिवारलाई संस्थाले २५ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेको हो

केहि दिन अगाडि टायर गाढाबाट लडेर घाँटीमा गम्भीर चोट लागेर बिरामी भएका उनको नजिकै एक हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । लोहारको परिवारको आर्थिक अवस्था एकदमै कमजोर,र दयनिय रहेको हुनाले ठुलो हस्पिटलमा लगि उपचार गर्न नसकेका कारण उनको निधन भएको आफन्तले बताएका छन् ।

लोहारको निधनपछि क्रिया खर्चसमेत जुटाउन नसकेका उनको परिवारलाई र खाद्यान्न समेतको अभाव भएकोले आर्थिक सहयोग गरिएको हेल्प मधेसिका सचीव बिजय मण्डलले बताए ।