जसपाको कार्यकारिणी समितिमा उपेन्द्रको पक्षमा दोब्बर सदस्य

everest kitchen

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।

सोमबार निर्वाचन आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।

यस्तै, महन्थ ठाकुरको पक्षमा भने १६ जनामात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे । उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरेका हुन् ।