कोरोना संक्रमित ह्वात्तै बढे : गत २४ घण्टामा ३ हजार ४२१ मा संक्रमण पुष्टि

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त सङ्ख्या आइतबारको तुलनामा १ हजार १८४ जना धेरै संक्रमित संख्या हो । आइतबार देशभर २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन्।