रुकुमकी मनकला मृत्यु प्रकरण: कसैले ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान

everest kitchen

विपेन उलङगे
रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे कसैले कर्तव्य ज्यान गरेर ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबारराति घर नजिकै कसैले ज्यान लिएको अवस्थामा उनी फेला परेकी थिईन ।

घर नजिकै बस्तुभाउलाई घास हाल्न घर बाहिर निस्केकी उनको अज्ञात व्यक्तिले धारिलो हतियार प्रयाेग गरि ज्यान लिएको खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) धुव्र कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महिलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको, दाहिने कान समेत काटिएको अवस्थामा शव फेला परेको छ ।

त्यस्तै, बाहिर आएको कुरा जस्तो जबर्जस्ती करणी गरेर मारेको लक्षण खासै आफुहरुले नपाएको र मृतकले लगाएको गहना समेत लगिएको अवस्थाले घटना लुटपाटको लागि घटाएको होकि भन्नेसमेत आशंका रहेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विगतको वादविवाद तथा झैझगडालाईसमेत लियर अनुसन्धान थालिने र घटना स्थलमा प्राप्त प्रमाण सङकलन गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

घरनजिकै करिब २ सय मिटरको दुरीमा रहेका बस्तु भाउलाई घास हाल्न भनेर करिब साँझ ७ बजेतिर घरबाट हिडेको केही समयपछि घटना घटेको हुन सक्ने बताएको छ । घटना स्थल नजिकैको केही मिटरको दुरीमा बस्तु भाउ रहेका छन् । बस्तु भाउको केही मिटर उत्तर-पूर्वमा मृतकले बोकेको चावी फेला परेको र चावी फेला परेको बारीको भित्तामा धस्सिएको र उक्त स्थानबाट केही मिटर पश्चिम तर्फको बारीबाट घिर्सिएर तलको अर्को बारीमा झरेको जस्तो देखिएको र त्यहीँ स्थानमा मनकलाको हतियार प्रयोग गरि ज्यान लिएर केही मिटर पश्चिम तर्फबाट तल्लो बारीमा शव फालिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा अनुमान गरेको  छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि मंगलबार साँझ नै जिल्ला अस्पताल सल्ले लगिएको सोही गाउँपालिकाकी उपाध्यक्ष निर्मला विष्ट खडकाले जानकारी दिईन । साथै, प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेकोले छिट्टै दोषीलाई कठघरामा उभ्याउन सफल हुनसक्ने भन्दै कडाइकासाथ सुक्ष्म अनुसन्धानको लागि आवश्यक सहयोग तथा दबाब रहेने उपाध्यक्ष बिष्टले बताईन ।

घटना हुदाको साँझ

घटना हुदाको साँझ मृतकको सासु सेती खड्का र मृतकको ७ बर्षको छोरा घरमै रहेको र मनकलाले घरको छेउमै अन्य दुई स्थानीय महिला साथसंग भेटिई उनीहरूसंग छुट्टिएर बस्तुभाउलाई घास हाल्न भनेर हिडेको सासु सेती खडकाले जानकारी दिईन । उनका अनुसार करिब ७ बजे झिसमिसेमा बस्तुभाउलाई घास हाल्न हिडेकी बुहारी ८/९ बज्दासमेत घरमा आउन ढिला गरेपछि घरमाथिको छिमेकीको घरमा टेलिभिजन हेरेर बसेको होला भनेर फोन गरेको तर त्यहाँ पनि नभएको खबर पाएपछि आफु झस्किएको बताईन ।

राति अबेरसम्म बुहारी घरमा नआएपछि छिमेकी महिलाको साहारा लिएर घर वरिपरि खोजतलास गर्दा पनि नभेटिएपछि अन्य छिमेकी महिला पुरुषहरुले थप खोजतलास गर्दा गोठ नजिकै मृत अवस्थामा फेला परेको मृतककी सासु सेती खडकाले बताईन ।

उनका अनुसार मृतक मनकलाका श्रीमान बल बहादुर खड्का विगत चार वर्षदेखि वैदेशिक राेजगारीकाे सिलसिलामा देश बाहिर रहेको र उनको सात बर्षको छोरासमेत रहेका छन् । मृतक मनकलाको गाउँमा त्यस्तो खालको दुस्मनी कसैसँग नभएको र उनी गाउँमा सक्रिय महिला थिईन ।

नयाँ तथा पुराना विवादलाई समेत लिएर अनुसन्धान गरिनुपर्ने माइती पक्षको माग

मृतक मनकलाको माइतीघर सल्यान जिल्लाको बागचौर नगरपालिकाको बाँफुखोलाबाट घटना स्थलसम्म पुगेका मनकलाका माईती पक्षले भने गाउँमा वादविवाद भएका मानिसहरुमा समेत अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

घटना स्थल पुगेकी मृतक मनकलाकी दिदि प्रेमकुमारी ओलीका अनुसार एकवर्ष पहिले गाउँमा बहिनीको झगडा परेको आफुले थाहा पाएकाले उक्त विषयलाई समेत लियर अनुसन्धान गरिनुपर्ने माग प्रहरी समक्ष राखेको उनले बताईन ।

यस्तै, मनकलाका बुवा परवीर खत्रीका अनुसार मनकलाले आफुलाई केहीदिन अगाडि फोन गरेर गाउँपालिकाद्धारा सञ्चालित मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको उपभोक्त समितिको सदस्य रहेको र समितिमा विवाद सिर्जना भएको समेत बताएकी थिईन । उक्त कार्यक्रम अन्तर्गत गाउँमा बाटो खन्दा केही विवाद र समितिलाई आरोप समेत आएको उनले बताएकी थिईन ।

साथै, घटना घटेकै दिउसो उनी सदस्य रहेको उपभोक्त समितिको बैठक समेत बसेको र उक्त बैठकमा उनी उपस्थिति नभएको उक्त समिति बैठकमा उपस्थित एक सदस्यले बताए । उनका अनुसार समिति विवाद तानिएपनि उनको व्यक्तिगत विवाद भने नभएको ती सदस्यले बताए ।                                                                                                                                    https://youtu.be/FEn9vqLzb4o