संक्रमित बढ्दै : आजमात्रै थप ३३ सय ६५ जनामा कोरोना पुष्टि, १६ को निधन

everest kitchen

काठमाडौँ । नेपालमा बिहीबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ३५ र ४ हजार ६ सय ८७ एन्टीजेन परिक्षणका क्रममा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ । त्यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ८ सय ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ३ सय ७३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५० हजार ४४५ संक्रमित निको भएका छन् । हाल ३० हजार ३९० सक्रिय संक्रमित आइशोलेशनमा र ३७९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख ८४ हजार ४१९ पिसिआर र ३ लाख ९ हजार २ सय ३३ वटा एन्टीजेन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।