केपीको आलोचना गर्ने दिन सकियो, वर्तमान सरकारलाई गल्ती छुट हुदैन

everest kitchen

 

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् ।

साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए ।

अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने थापाले बताए । उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन अब गए ।’