राक्सिङ ६ मा ४९ घर धुरीलाई राहत बितरण

everest kitchen

मकवानपुर। मकवानपुर जिल्ला राक्सिराङ वडा नम्बर ६ स्थित सिलाधुनिको ४९ घरधुरी लाई वडा अध्यक्ष सिंगलाल प्रजाको पहलमा राहात बितरण भएको छ। कोभिड-१९ को कारण रोगार बिहिन भएको राक्सिराङ ६ को विभिन्न टोल बिकास संस्था भित्र राहत बितण भए पनि सिलाधुनीमा कम मात्रै राहत बितरण भएको हुँदा यस पटकको राहात सिलाधुनिमा गरिएको थियो।

त्यसै गरि उक्त राहत अंगालो नेपाल संस्थाको सहयोगमा प्राप्त भएको थियो भने राहात बितरण गर्न वडा अध्यक्ष सिंग लाल प्रजा वडा सदस्य हिरा माया घलान को उपस्थित रहेको थियो । त्यसै गरि राहत बितरणलाई सहजीकरण गर्न डिबि लोप्चन, दिनेश चेपाङ, कमल चेपाङ, गम बहादुर चेपाङ, बखत चेपाङ लगायत अन्य जुझारु युवाहरुको उपस्थित रहेको थियो।

राहत बितरणमा कार्यक्रम वडा अध्यक्ष प्रजाले आफ्नो कार्यकालमा वडा भित्र आफुले गरेको बाचा पूरा गर्दै गर्दा आफुले कोभिडको कारण अप्ठेरोमा परेको बिपन्न लाई संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार तर्फ कुनै पनि राहत उपलब्ध नभए पनि आफ्नो वडा भित्रको वडा बासीलाई भोकै नराखेको र आफू पदमुक्त भए पनि सधैं वडा बासिको हितमा काम गरि राख्ने भन्दै राहत उपलब्ध गराउने संस्था र सहजीकरण गर्ने युवाहरू लाई धन्यवाद ब्यक्त गगरेका थिए।