‘माओवादी हौं’ भन्दै सर्वोच्चमा मुद्दा हाल्ने नै एमाले बैठकमा

everest kitchen
photo file

काठमाडौं । आफूहरु अहिले पनि नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनर्वाहली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेका पूर्वमावबादीका ४ नेताहरु एमाले बैठकहरुमा सहभागि भईरहेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा माओवादी त्यागेका नेताहरु रामबहादुर थापा, लोखराज भट्टलगायत उपश्थित भएको बताईएको छ । बैठकमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने गएको छैन ।

माओवादी छोडेका नेताहरु लेखराज भट्टसहित टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी आफूहरु एमालेमा नगएको र आधिकारिक पार्टी माओवादी केन्द्र नै भएकाले सांसद पद कायम गरिपाउँ भन्दै सर्वोच्च पुगेका थिए ।