नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीद्धारा पदबहाली

everest kitchen

काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पदबहाली गरेका छन् । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थ सचिव नियुक्त भएका हुन ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजित एक समारोहबिच निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गरेका छन् । अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनी यसअघि महालेखा नियन्त्रकको कार्यालय रहेका थिए ।

आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिए ।

साथै, कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले “कार्यालयमा टेबुल टेबुलको शासन चलाएर हुदैन, एउटै टेबुलमा बसेर छिटोछरितो काम गर्नुपर्ने हुन्छ । त्यस्तै, मन्त्रीले अञ्जानमा देशलाई घाटा हुने काम गर्यो भनेपनि त्यस्लै रोक्न सक्नुपर्ने बताए ।