मनकला मृत्यु प्रकरण: स्थानीय महिलाहरुद्धारा गाउँपालिका घेराउ (भिडियोसहित)

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे ज्यान लिएको घटनालाई लिएर स्थानीय महिलाहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । सोमबार सयौंको सङ्ख्यामा महिलाहरु उपस्थिति रहेर घटनाका बास्तबिक दोषी अरुनै हुनसक्ने भन्दै खबरदारी गर्न आएका हुन ।

सोही गाउँपालिकाका कार्यालय सहयोगी समेत रहेका आरोपित बालकका बुवा केश बहादुर खड्का र उनकी श्रीमती पनि घटनामा संलग्न हुनसक्ने भन्दै अनुसन्धान गरी कारबाहीको माग गर्दै कार्यालय घेराउ गर्न महिलाहरु सोमबार दिउसो गाउँपालिका आएका हुन । महिलाहरुको खबरदारीमा साथ दिदै गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर, वडा अध्यक्ष मोहन ओली लगायतले एक्यवद्धता जनाएका थिए ।

गएको सोमबार राति घर नजिकै मनकला मृत अवस्थामा फेला परेकी थिईन । घटनामा सङ्लग्नताको आरोपमा मनकलाकै माईला जेठाजुका छोराहरु त्रिवेणी गाउँपालिका-३ कुरल बस्ने अन्दाजी बर्ष १५ र ११ बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो । उनीहरूले बयानमा मनकलाको ज्यान लिएको स्वीकारेका थिए ।

तेस्रोपटक ती बालकका आमा-बुवा बिरुद्ध पनि घटनामा संलग्नताको आरोपमा जाहेरी परेपछि आरोपित बालकका बाबु केश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

पहिलोपटक मृतकका जेठाजुले अनुसन्धान गरि पाउँ भन्दै जाहेरी दिएका थिए भने दोस्रोपटक ती बालक बिरुद्ध मृतकका बुवाले किटानी जाहेरी दिएका थिए । साथै, ती बालकहरुले मात्रै त्यत्रो घटना घटाउन नसक्ने र आमाबुबाको पनि संलग्नता भएको हुनसक्ने भन्दै स्थानीयले चौतर्फी रुपमा आवाज उठाउदै आएका छन् ।

प्रहरीका अनुसार मृतक मनकलालाई १५ वर्षीय आफै माईला जेठाजुका छोराले खुर्पा प्रहार गरी ज्यान लिएका हुन । मनकलाको ज्यान लिएपछि मृतकले लगाएको गरगहना समेत लुटेर लगिएको खुलेको यसअघि नै प्रहरीले उल्लेख गरेको छ ।

उनीहरूले मनकलाको ज्यान लिएको स्विकारेपछि प्रहरीले उनिहरुलाई फेरि घटना स्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । साथै अभियुक्तले लुकाई राखेको सुनका कानबाली २ थान, मुन्द्री २ थान, टुक्की फुली १ थान र घटनामा प्रयोग भएको खुर्पा समेत प्रहरीले बरामद गरेको छ ।

करिब एक वर्षअघि मृतक र उनीहरूबीच पैसा चोरीको आरोपमा वादविवाद तथा झगडा भएको र सोही रिस बढेर घटना घटेको देखिएको प्रहरीले जनाएको छ ।

घटना हुदाको दिन ती दाजु भाईले काटेको घास मृतकले नाघेपछि रिसको आवेगमा आएर काकीलाई खुर्पा प्रहार गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी धुव्र कुमार श्रेष्ठले बताए । डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको बताए ।