कोभिसिल्डको दोस्रो मात्रा छिट्टै उपलब्ध हुने

everest kitchen

 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर कोरोना खोप उपलब्ध हु्ने बताएका छन् ।

महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप व्यवस्थापनका लागि सरकार लागि परेको उनको भनाई रहेको छ । मित्रराष्ट्र तथा दातृ निकायहरूसँगको खोप कूटनीतिलाई उच्च प्राथमिकता दिने धारणा राख्दै राज्यमन्त्री श्रेष्ठले सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई दोस्रो चरणको खोपको व्यवस्था भईसकेको जनाएका छन् ।

जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनिका खोप प्राप्त हुनासाथ तीन दिनभित्र देस्रो चरणको खोप वितरण गरिने उनको भनाई रहेको छ । हाल करिब १४ लाखको हाराहारीमा कोभिसिल्डको दोस्रो मात्रा कुरेर ज्येष्ठ नागरिकहरू बसेका छन् ।