माओवादी नेता बखत बहादुर चेपाङ एमाले प्रवेश

everest kitchen

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र ) बुद्धिजिवि बिभाग पूर्वजिल्ला कमिटिसदस्य बखत बहादुर चेपाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार एमाले पार्टी कार्यलयमा एमाले मकवानपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना, एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल सहितका नेताले चेपाङलाई एमालेमा स्वाग गरेका हुन् ।

लामो समयसम्म माओवादी पार्टीमा रहेका काम गरेका चेपाङले माओवादीले परिवर्तनको अजेण्डा छाडेर सत्ता केन्द्रीत भएको भन्दै एमाले प्रवेश गरेका बताए ।

त्यसै गरि उक्त कार्यक्रममा ईन्चार्ज राणाले पार्टी प्रवेश गरेका चेपाङ लाई स्वागत गर्दै आफ्नो पार्टी भित्रको केही नेताहरुले आफ्नै घर नबनाएर अरुको घर बनाउन लागेको र आफ्नो घर नबाउनेले अरुको घर बनाए पनि दिगो नहुने भन्दै सबै कार्यकर्ता हरुलाई अधिवेशन नजिक आई सकेजी हुँदा दृढता पुर्वक पार्टी संगठन लाई बलियो बनाउन लागि पर्न अनुरोध गरेका थिए।