साइकल चढेर राहुल गान्धी संसदमा

everest kitchen

एजेन्सी। भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी साइकल चढेर संसद भवन पुगेका छन्। ग्यास, पेट्रोल, डिजेल लगायत इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार साइकल चढेर उनी संसद भवन पुगेका हुन्।

गान्धीको नेतृत्वमा अन्य नेताहरु पनि संसद भवनमा साइकल चढेर पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । साइकलमा उनले ‘अच्छे दिन?’ लेखिएको ग्यासको तस्वीर राखिएको थियो।

त्यसअघि उनको नेतृत्वमा नयाँ दिल्लीस्थित कन्स्टिच्युसनल क्लबमा विपक्षी दलका नेताको बैठक बसेको थियो। बैठकमा १४ विपक्षी दलका नेता सहभागी भएका थिए।