दार्चुला घटना: भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन

everest kitchen

काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले दार्चुला घट्नाका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै नेपालस्थीत भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।

दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोध गर्दै मंगलबार संगठनले विरोध गरेको हो । उक्त घटनाको बिरोधमा ज्ञापन पत्र बुझाउन गएपनि दुतावासले ज्ञापन पत्र बुझ्न नमानेपछि बिरोध प्रदर्शन गरिएको संगठनले जनाएको छ ।

उनीहरुले भारतीय हस्तक्षेप अन्त्य हुनुपर्ने भन्दै नारावाजी गरेका थिए । संगनका अध्यक्ष प्रकाश रिमालले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट पटक पटक नेपालको सीमा अतिक्रमण गर्ने, नाकामा अवरोध सिर्जना गर्ने लगाएत काम भएको र यसले अन्तराष्ट्रिय कानूनको ठाडो उलंघन भएको बताए ।

उनीहरुले उक्त घटनाको छानविन गरि दोषीलाई हदैसम्मको कारवाही गर्न भारत सरकारले गम्भीरता देखाउनुपर्ने बताए । उज्यालो नेटवर्क