एनआरएन मलेसिया जोहोरबारुद्धारा “फुड बैंक” स्थापना

everest kitchen

मलेसिया । “हुनेले दिउँ, नहुनेले लिउँ” भन्ने मुलमर्मसहित गैरआवासीय नेपाली संघ “मलेसिया, जोहोरबारु शाखाले “फुड बैंक” स्थापना गरेको छ । कोभिड-१९ प्रकोपमा परेको समस्यालाई मध्यनजर गरेर संघले उक्त कार्य थालनी गरेको हो ।

विश्व माहामारीको रूपामा फैलिएको कोरोना भाइरसले गर्दा मलेशियामा रहेका कतिपय नेपाली श्रमिकहरु भोकभोकै बस्नु परेकोले मलेशियामा रहेका कूनै पनि नेपाली भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले “दिउँ नहुनेले लिउँ” भन्ने मुल नाराका साथ अभियान शुरु गरिएको संघले जनाएको छ ।

जोहोरबारु क्षेत्र भित्र रहेका विशेष गरी रोजगार गुमाएर खाना खानसमेत समस्यामा परेका, कोभिड संक्रमण भई रोजगारदाताले राम्रो हेरविचार नगरेका व्यक्तिहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले नेपाली श्रमिकहरुका लागी खाद्यान्न वितरण केन्द्र “फुड बैंक” स्थापना गरेको भन्दै त्यस्तो समस्या रहेकाले सम्मपर्क गर्न अनुरोध गरेको छ ।

सम्पर्कका लागि अध्यक्ष हरी वस्नेत- ६०१४६१२८३७०, वरिष्ठ उपाध्यक्ष बेदना श्रेष्ठ-६०१०२३६५८८७, सचिव राज बहादुर साउद- ६०१२६६२१७६९ लगायत सम्पुर्ण जोहोरबारु शाखाका सदस्यहरुलाई सम्पर्क गर्न सकिने बताएको छ ।