राप्ती -९ को वडा कार्यालयको भवन नेता गगन थापाद्वारा उद्घाटन

everest kitchen

सविन कुमार लोप्चन । चितवन  । पुर्वी चितवन राप्ति नगर पालिका वडा नं. ९ को वडा कार्यलयको नयाँ भवन पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका युवा नेता संघीय संसद गगन थापाद्वारा उद्घाटन गरिएको छ।

बुधबार बिहान काठमाडौंबाट चितवन आई पुगेका नेता थापालाई भरतपुर बिमानस्थलमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले भब्य स्वागत गर्दै राप्ती नगरपालिकासम्म कार्यकर्ताले नै स्कटिङ गरि ल्याएका थिए । वडा नम्बर ९ पुगे लगत्तै त्यस वडाको स्थानीय वासीले नौमती बाजा सहित स्वागत गरि वडा कार्यलय पुर्‍याईएको थिए भने लगत्तै वडा कार्यलय उद्घाटन गरे पछि आफ्नो भनाई राख्दै नेपालमा जुन सुकै पार्टी को सरकार आए पनि भिआईपी उपचार गर्न पैसा छुट्याउदै नेता उपचार गर्ने तर कुना कान्दाराको जनताको उपचार नभई मर्न बाध्य हुँदै गरेको यो ब्यबस्था निकै दुखत रहेको बताएका थिए ।

भुमी आयोगको नाममा तत्कालीन सरकारले कार्यकर्ता पोसाउन लागेको हुदा अहिले भुमी आयो खारेज गरेको र खारेज भएको भुमी आयोग अबको केही महिना भित्रमा नयाँ तर्जुमा सहित स्थापना हुने भन्दै ढुक्क हुन अनुरोरध गरेका थिए ।

त्यसैगरि उक्त वडा कार्यलय उद्घाटन कार्यक्रममा भने राप्ती नगर पालिकाका मेयर प्रभा बराल र उप मियर ईमान सिं लामाको भने उपस्थिति रहेको थिएन । सरकारी कार्यलय उद्घाटन गर्दा पार्टी कार्यलय उद्घाटन गरे झै गरि मेयर उप मेयर उपस्थित नभएको भन्दै वडा अध्यक्ष दिबेन्द्र लामाले दु:ख व्यक्त गरे । उक्त नगरपालिकामा मेयर , उपमेयर नेकपा एमालेबाट निर्वाचित हुन ।