डोरीले बाँधेर युवकलाई कुट्ने वडाअध्यक्ष पक्राउ

everest kitchen

सुर्खेत। एकजना स्थानीय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कु टपिट गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो ।

उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछी विभिन्न टिप्पणी र वडाध्यक्षको उक्त ब्यबहारको चौतर्फी आलोचना भयेसंगई जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुकाम ल्याइएको जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् । यद्यपि वडाध्यक्षका अनुसार ती युवाले जाँड खाएर होहल्ला गरेपछि निन्त्रन्मा लिन त्यस्तो गरेको बताउदै आएका छन्।