‘सुकुम्बासीका समस्या माओवादीले उजागर गर्यो, भूमि उपलव्ध गराएर समाधान पनि गर्छ’-नेता पुन

everest kitchen
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सुकुम्बासी भूमिहिनहरूका समस्या माओवादीको नेतृत्वमा समाधान हुने बताएका छन् ।

जनयुद्धको सुरुवातसंगसंगै माओवादीले सामन्तका जग्गा सुकुम्बासीलाई उपलव्ध गराउने, जस्को जोत उस्को पोतको नारा दिएर भूमि समस्या समाधान गर्ने जस्ता काम गरेको स्मरण गर्दै नेता पुनले अहिले पनि यी समस्या समाधान गर्न माओवादी उत्तिकै जिम्मेवार रहेको बताए ।

समाचार दैनिकसँगको कुराकानीमा नेता पुनले भने, ‘समाजका हरेक उत्पिडित बर्ग, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्या दिर्घकालिन रुपमा समाधान गर्नकै लागि माओवादीले जनयुद्ध गरेको हो ।

त्यस क्रममा समस्याहरुको उजागर भए, कतिपय समाधान पनि भए । हाम्रो त्यो अभियान रोकिएको छैन ।’ ‘अहिले जसरी एमालेको पनि ओली पक्षले सुकुम्बासीका समस्यामाथि राजनीति गर्न खोजिरहेको छ, त्यसमा कुनै सत्यता छैन ।

अहिलेको सरकारले ओली पक्षले एकलौटी रुपमा नियुक्त गरेको राजनीतिक भर्ति हटाउन सरकारले यो कदम लिएको हो । सुकुम्बासीका समस्या यो सरकारले, माओवादीले समाधान गर्छ । यसमा कोही पनि भ्रममा पर्नु जरुरी छैन ।’ समचार्दैनिकबाट