लघुकथा – इख
बि.बि.याक्खा
रघु अरुलाई सताउनु, होच्याउनु र मजाक बनाएर उडाउनपाए खुशी र निकै आनन्द मान्ने गर्दथियो। उसको बदमासी र हेपाईको कुनै सिमा नै थिएन । यसमा पनि राहुलले उनको ज्यादती धेरै भोग्नुपर्यो, यतिसम्म कि उ हरेक पाईला पाईलामा दुख दिन्थे । उसको अघि सहनुभन्दा आर्को विकल्प नै थिएन।
दिनहरु बित्दै जानु थाल्यो रघुको बास भट्टी पसल र चोकका आवारा केटाहरुसित पो धेरै हुनथाल्यो । जति पनि गुन्डागर्दीको नाईकेमा उनकै नाम आयो । राहुल भने मजदुरीगर्दै अध्ययन गर्थे घर चलाउथे । रघुले कहिले त खोस्थे सबै पैसा अनि गाली दिन्थे। स्कुल कलेजको लुगामा पनि दाग लगाई दिनेगर्थे।
एकदिन रघु सधैं झैं चोकमा नै ग्याङ्गसितै भेटभए। राहुलले सम्झाउदै भन्यो – रघु! केही त सोच अब । यो सुनेर रघु रन्केर करायो-भाग साले !उपादेश नदे, दुई कौडीको औकात नभएको खाते मजदुर मुला । उल्टै नै बेजती गरेकोले राहुल आफ्नो बाटो लागे।
राम्रो अध्ययन र इमानदारीलेगर्दा राहुलले प्रहरीको उच्च अधिकृतमा नाम निकालेर कार्य क्षेत्रमा लागे।यस्तैमा लाघुऔषधको गम्भीर केसमा रघु समातिए उसलाई कसैले पनि छुटाउन सक्ने स्थिती थिएन । कुराकानीकै क्रममा अरुले राहुललाई सोध्यो-साब ! हजुरलाई यहाँसम्म आईपुग्न कसले प्रेणा दियो ? राहुलले जवाफ दियो – अरु कोहि हैन यो रघु हो ।
सबैले अचम्म मान्दै भन्यो- यो फटाहाले कसरी ? राहुलले प्रष्टपार्दै भन्यो – यो रघु नै हो मलाई धेरै नै पिडाहरु दिने गर्दथियो । यसैले केही गरेर देखाउन अठोटगरे हो त्यो इखकै कारण आज यहाँ छु म । इख भनेको त यो पो त भनेर सबैले बधाई दिए ।